Khabar Samachar

हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले डराउनुपर्दैन : रामचन्द्र पौडेल

204
VIEWS

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी गरेका छन् । सोमबार वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘हामी चुनौतीपूर्ण अवस्थामा छौँ । अहिलेसम्म ल्याएको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए। उपलब्धिलाई माटोमै मिलाउने प्रयास भयो । त्यसविरुद्ध हामीले संयुक्त आवाज उठाएर गठबन्धन गरेका छौँ । एमालेले गरेको गठबन्धन दलका अनुहार हेर्नुस् । र, हाम्रो गठबन्धनलाई हेर्नुस् । त्यहीँबाट सबै प्रष्ट हुन सकिन्छ । गठबन्धन सत्ताको लागि मात्रै होइन । जनताबाट प्राप्त अधिकार रक्षाका लागि हामीले गठबन्धन गरेका छौँ ।’

कांग्रेस नेतृत्वमा मात्र गठबन्धन भएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको उनको भनाइ छ । ‘गठबन्धनमा हाम्रो मात्र होइन । उता पनि छ । भेडा भेडातिर बाख्रा बाख्रातिर देखिएका छन् । उतातिरको गठबन्धनमा हेर्नुस् कस्तो अनुहार छन् ।’

‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्,’ उनले भने ।  कांग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताए । ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’

समाज रुपमान्तरणका लागि गठबन्धन गरेर चुनावमा गएको पौडेलको भनाइ थियो । व्यवस्था बदलिएपनि जनताको अवस्था बदलिन नसकेको उनको भनाइ छ । जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न निर्देशन दिए । मुलुकलाई राष्ट्रवादको मुकुन्डो लगाएर उपलब्धिमाथि आक्रमण गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित