Skip to main content

Khabar Samachar

Search
Close this search box.

पल शाहले कारागारमै लगाए भाइटीका

208
VIEWS

 

कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा २ वर्ष ६ महिना सजाय पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।

 

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा २ वर्ष ६ महिना कैद सुनाएको थियो। साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ।

तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित