Khabar Samachar

महोत्तरीको घटना छानविन गर्न गृह मन्त्रालयले बनायो पाँच सदस्यीय समिति

209
VIEWS

सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् । सो समितिलाई एक हप्ताको समय दिइएको छ ।

कात्तिक १० गते भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले ८ बुँदे सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित