Khabar Samachar

आर्कषक सहकारीले सुरु–गर्यो ‘एकोलमार्ट डटकम’ अर्डर गर्नासाथ सामान घरमै

206
VIEWS

आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान विक्री गर्न इ–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपुजाको अवसर पारेर सहकारीले आज एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ ९धधध।बअअयmिबचत।अयm० को उदघाटन गरेको हो । दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उपत्पादनहरु बजारमा विक्रि गर्दे आएको थियो । बजारमा आफना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरु गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले इ–कमर्श साइड ‘एकोलमार्ट डटकम’ सुरु गरिएको बताए ।
एकोल मार्टले अग्यानिक खाद्यजन्य, जडिबुटिजन्य, तरकारी, फलफुल, माछा, विभन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु विक्रिका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमश विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए ।
एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराइले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगिन गरेर सजिल्लै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न सक्ने बताए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्र्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमश ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।

आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरु आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ । साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आर्कषक आर्युबेद क्लीनक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरुका साथै देशैभरबाट संकलन गरिएका अग्र्यानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधी जस्ता खाद्य तथा जडिबुटीजन्य करिव ५ सय आइटमका प्रोडक्टहरु बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए । जिल्लामै नमुना सहकारीको रुपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्र्टरनेट मार्फत आफना आवश्यकताका वस्तुहरु सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरुले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित