Khabar Samachar

आयोगको निर्णयविरूद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत

203
VIEWS

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो। उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन्।

‘उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरूद्ध म सर्वोच्च जान्छु,’ उनले भनिन्।

सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोग स्रोतको भनाइ छ।

तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन्।

आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित