Skip to main content

Khabar Samachar

Search
Close this search box.

एक महिनाभित्रमा भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

203
VIEWS

भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए ।

पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए ।

‘भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो ।

यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मूल्यांकन भन्दा ५७.७७ डलरको आधारमा १.९४ प्रतिशत सस्तोमा मल किनिएको कार्कीले बताए । खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले मल ढुवानी गर्ने छ ।

२०७८ फागुनमा नेपाल र भारत बीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो । जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ । यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौताअनुसार खरिद गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित