डा.हेमराज कोइराला

अमला

अमला सबल प्रतिरक्षा प्रणालीको लागि अमला अत्यन्त लाभदायक फल हो। अमलाको नियमित सेवनले शरीरमा भिटामिन, मिनरल्स, फाईबर र एण्टिअक्सिडेण्टको भरपुर मात्रामा आपूतिी गर्छ । अमलामा प्रतिरक्षा प्रणालीको लागि अति आवश्यक भिटामिन ‘सी’ पाइन्छ । सेलेनियम, क्रोमियम, तामा, जिङ्क जस्ता थुप्रै ईम्यूनीटी बलिीयो पार्ने खनिज पदार्थ पनि पाईन्छ ।

स्याउ

स्याउमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’का अलावा घुलनशील रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाइन्छ । स्याउमा पाइने पेक्टिन नामक घुलनशील रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टिेरियाहरूलाई पोषण प्रदान गर्दछ । जसले पेटमा हुने संक्रमणसंग लड्ने एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्दत पु¥याउँछ ।

आँप

आँपमा प्रतिरक्षा प्रणालीको सबलिकरणका लागि चाहिने भिटामिन ‘सी’, भिटामिन ‘ई’, बिटा–क्यारेटिन, पोटासियम, भिटामिन ‘डी’, भिटामिन ‘बी’ कम्प्लेक्सेस पनि पाइन्छ । आँपको सेवनले तुरून्त शक्ति पनि दिन्छ ।

भूइँकटहर

भूइँकटहरमा प्रशस्त मात्रामा क्यालोरी, कार्बोहाईड्रेट्स, चिल्लो प्रोटिन र खाद्यरेशा पाइन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सेस, भिटामिन ‘सी’ र म्यागनिज, तामा, सोडियम, पोटासियम, म्याग्नेसियम जस्ता खनिज तत्वहरू पनि पाइन्छ । भूइँकटहरको गुभोमा ब्रोमेलिन नामम घाउ खटिरा ठीक पार्ने र प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने तत्व पाइन्छ ।

अमिला फलफूल

कागती, अमला, मौसमी, जुनार, भोगटे, निबुवा, बिमिरो र सुन्तला जस्ता अमिला फलपूmलमा प्रचुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघा–मर्की, सर्दी, चिसोको एलर्जी, झाडापखाला, न्यूमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो ठीक गर्न पनि भिटामिन ‘सी’ले भूमिका खेल्छ ।

मेवा

मेवामा भिटामिन ‘सी’ र भिटामिन ‘ए’ पाइन्छ । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिनेभन्दा डेढ गुणा ज्यादा भिटामिन ‘सी’ पाइन्छ । मेवामा माछामासुमा पाइने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईञ्जाइम पनि पाइन्छ । मेवामा पोटासियम, भिटामिन ‘बी’ कम्प्लेक्सेस र फोलिक अम्ल पाइन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाइरस संक्रकणलाई निस्तेज गर्न मद्धत गर्छ ।

किबी

किबीमा प्रसस्त मात्रामा भिटामिन ‘सी’, भिटामिन ‘बी’ र भिटामिन ‘के’ पाइन्छ । किबीमा पाइने एण्टिअक्सिडेण्ट मिनरल्स र अन्य फाईटोकेमिकल्सले पनि ईम्यूनीटीलाई सशक्त बनाउँछ ।

पालुङ्गो

पालुङ्गोमा प्रचुर मात्रामा भिटामिन ‘ए’, ‘बी’ कम्प्लेक्सेस, ‘सी’, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवणहरू पाइन्छ । पालुङ्गोमा एण्टिअक्सिडेण्टको राम्रो श्रोत हो । पालुङ्गोले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्धत गर्दछ । ब्रोकली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनुपर्ने हुन्छ ।

रातो भेडे खोर्सानी

अमिला फलफूलभन्दा रातो भेडेखोर्सानीमा भिटामिन ‘सी’को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन ‘सी’का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटिन, क्यालसियम, म्याग्नेसियम, भिटामिन ‘बी’ कम्प्लेक्सेसको पनि राम्रो श्रोत हो ।

ब्रोकउली

ब्रोकउली भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘ई’ एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपुर तरकारी हो । ब्रोकलीमा प्रचुर मात्रामा (१०० ग्राममा ८९ मिलिग्राम) भिटामिन ‘सी’ पाइने हुँदा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

अंकुरित गेडागुडी

अंकुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पु¥याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अंकुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टिअक्सिडेण्ट पाइन्छ । एण्टिअक्सिडेण्टले भाईरस संक्रमण पश्चात क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्छ । अंकुरित गेडागुडीमा नउम्रिएको गेडागुडीभन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन ‘सि’, भिटामिन ‘के’, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाइन्छन् ।

बदाम

बदाममा भिटामिन ‘ई’ धेरै पाइन्छ । भिटामिन ‘ई’ प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

फर्सीको बियाँ

फर्सीको बियाँ खान जानेका छैनौ । वास्तवमा फर्सीभन्दा फर्सीको बियाँ कयौ गुण पौष्टिक छ । फर्सीको बियाँमा प्रचुर मात्रामा प्रोटिन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६, फ्याट्टी अम्ल, भिटामिन ‘ई’ जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाइन्छ ।

जडीबुटी चिया

तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउँछ । जडिबुटी चियामा प्रशस्त मात्रामा लेभेनोईडस पाइन्छ । लेभेनोईडसले एण्टि–अक्सिडेण्टको काम गर्दछ । यसका अलावा जडीबुटी चियामा एपी–ग्यालो–क्याटाचिन–ग्यालेट नामक द्रव्य पाइन्छ । यी दुबै द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन् ।

अदुुवा

घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउँदा अदुवाको प्रयोग गरेर निको पार्ने परापूर्वकालदेखि हुँदै आएको छ । अदुवामा जिञ्जिरोल नामक यौगिक पाइन्छ । जिञ्जिरोलले दीर्घकालीन पीडा कम गर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्धत गर्दछ । अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कम गर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्दछ ।

लसुन

लसुनको औषधिय एवं रोग प्रतिरोधक गुणलाई महसुुस गरेर औषधि एवं मसलाको रूपमा युगौदेखि प्रयोग गर्दै आइएको छ । लुसन वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकारीसकेका छन् । रूघा–मर्की लाग्दा, चिसोले सताउँदा, पाचन क्षमतामा गडबडी हुँदा लसुनको प्रयोग गर्ने गरेको पाइन्छ । औषधिय गुुुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टि–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाइन्छन । यी सल्फर कम्पाउण्डहरूले सूक्ष्मजीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यी कम्पाउण्डहरू तापको प्रयोगले नष्टहुनेखालका भएकाले काँचो लसुनको प्रयोग पकाएको भन्दा उत्तम हो । लसुनले उच्चरक्तचाप कम गर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्छ ।

सहीजन

सहीजनमा ९० भन्दा ज्यादा बायो एक्टिभ तत्वहरू पाइन्छ । सहीजनमा प्रशस्त प्रोटिन, क्यलसियम, सेलेनियन, जिङ्क, तामा, क्रोमियम जस्ता खनिज, धेरै प्रकारका एमाईनो एसिड, भिटामिन ‘सी’, आदिले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछ ।

सुठुनी

सुठुनीको सेवनले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछ । यसमा प्रशस्त मात्रामा भिटामिन ‘सी’, भिटामिन ‘बी’ कम्प्लेक्सेस, एन्थोसाईन्स आदि पाइन्छ । सुठुनी फलमा फाईबर र एण्टिअक्सिडेण्ट पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय