सोमबार चन्द्रागिरि पुगेका माधब कुमार नेपालले त्यहाँबाट अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गरेका छन्। नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए ।३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको कुरा धेरै ढिलो भयो । अब नयाँ पार्टी निर्माणमा लगौं’ नेपालको भनाइ थियो ।नेपालले १० बुँदे सहमति जालझेलमात्र थियो भन्दै दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो । नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए । नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।                                                              बुधबार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सहभागी नेताहरूलाई सनाखतको लागि निर्वाचन आयोगले बुधबार २ बजेभित्र सनाखत बोलाएको छ। नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएका बेला सो पार्टीका नेताहरु दायाँबायाँ नहोउन् भनेर चन्द्रागिरी लगिएको हो । रिसोर्टमा झन्डै सय जनाका लागि कोठा बुक गरिएको स्रोतले जानकारी दिएको छ। के पि ओली तथा माधवकुमार नेपाललाई साथ नदिएका मध्यमर्गि एमाले नेताहरू उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उप-महासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त,बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य लगातार एकता लाइ प्रयसरत छन । सोमबार बिहानैदेखि बालकोटमा  छलफलका लागि उपस्थित भएका  थिए। यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई,  सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा छन्।  छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका थिए। भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता गर्न भन्ने बताएका थिए। 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय