श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ ।
ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ खेलबाट समान ७ अंक जोडेका थिए । तर रनरेटमा अष्ट्रेलिया पछि पर्दै सुपर १२ बाटै बाहिरिएको हो । ग्रुप १ बाट न्युजिल्याण्ड समूह विजेता र इंग्ल्याण्ड समुह उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।
एडिलेडमा भएको खेलमा श्रीलंकाले दिएको १४२ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्याण्डका लागि एलेक्स हाल्सले सर्वाधिक ४७ रन बनाए भने बेन स्टोकसले अविजित ४२ रन जोडे ।
श्रीलंकाका लहिरु कुमार, वानिन्दु हसरंगा र धनन्जय डा शिल्भाले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । श्रीलंकाका ओपनर पथुम निसान्काले सर्वाधिक ६७ रन बनाए । इंग्ल्याण्डका मार्क उडले सर्वाधिक ३ विकेट लिए ।
Discussion about this post