Khabar Samachar

दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

205
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।

शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको  हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’

कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’

उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए । उनले भने– ‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ । एयरपोर्ट बन्दै छ  । म यहाँको सहयोगले म पाँच पटक प्रधानमन्त्री भइसकेको छु । यहाँको सहयोगले फेरि अगाडि बढ्नेछु । डडेल्धुरामा केही काम गर्न बाँकी छन् । त्यसलाई पूरा गर्ने छु । यहाँको सडक पिच गर्ने छु । विमानस्थल बनाउने छु । सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु ।’

उनले ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको बताए । उनले भने,  ‘यहाँ धेरै मेरा साथी भाइ पनि छ । यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु । धेरै भन्नू केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित