Khabar Samachar

Search
Close this search box.

धादिङ–१ मा युवा निर्वाचन परिचालन कमिटि गठन

200
VIEWS

राष्ट्रिय युवा सघ नेपाल धादिङ निर्वाचन क्षेत्र न. १ समन्बय कमिटिको आयोजनामा गरिएको क्षेत्र स्तरिय भेला बैरेनीमा सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले धादिङको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उमेदवार क्रान्ति बुर्लाकोटिको प्रमुख अतिथ्यतामा निर्वाचन परिचालन सम्बन्धी भेला सम्पन्न भएको हो ।
भेलाले धादिङ क्षेत्र नम्बर १ स्तरीय सुनिल तामाङको संयोजकत्वमा १ हजार ९ सय एक जना रहेको युवा निर्वाचन परिचालन कमिटि गठन गरिएको छ।
प्रतिनिधिसभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि हरेक मतदान केन्द्रमा युवाहरुको विषेश किसिमको टोली परिचालन गर्नेगरि कमिटिले काम गर्ने छ ।
राष्ट्रिय युवा सघ नेपालभेलामा युवासंघका केन्द्रीय सदस्य तथा इन्चार्ज दिपक खतिवडा, नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटा, युवा नेताहरु रमेश अधिकारी, युवा संघ जिल्ला अध्यक्ष कमल सिलवाल लगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित