Khabar Samachar

ए डिभिजन लिग खेल्ने हरेक क्लबले साढे ३२ लाख तयारी खर्च पाउने

207
VIEWS

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ ।

एन्फाले सोमबार ए डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो ।

अब लिगका तयारीका लागि ए डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा प्रवक्ता सुरेश साहले बताए । गत वर्ष सहभागी हरेकले २२ लाख ५० हजार रुपैयाँ तयारी खर्च पाएका थिए । ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु गर्ने र डबल लिगका आधारमा गर्ने एन्फाले यसअघि नै निर्णय गरिसकेको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा एन्फा पदाधिकारी तथा क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो । लिगको विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित