Khabar Samachar

लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन : बालेन

206
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो ।आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन । ’

कुनै दलमा आबद्ध नभएको भन्दै मेयर बालेनले आफू निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

आफ्नो समर्थनविना प्रचार गरेकोमा आपत्ति जनाउँदै उनले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न आयोगसँग अनुरोध समेत गरेका छन् । ‘मेरो सहमतिविना आबद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानुन बमोजिमको कारबाही गर्न समेत यसै पत्रमार्फत आयोगलाई अनुरोध गर्दछु’ पत्रमा बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित