Khabar Samachar

डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु, ५ व्यक्ति घाइते

202
VIEWS

 

डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प ले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो।

घर भत्किएर ३० वर्षीय भगवतीदेवी बोहरा, उनका १३ वर्षीया छोरी सीता बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डीएसपी भोला भट्टले जानकारी दिए।

यसैगरी घाइते हुनेमा ४० वर्षीया इनाकीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीया चानादेवी बोहरा र ५० वर्षीय माद्धावीर बोहरा छन्।

डीएसपी भोला भट्टका अनुसार भूकम्पले डोटीमा ८ वटा घर भत्किएका छन्। उद्धारमा नेपाली सेनाको टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित