Khabar Samachar

कतारलाई विश्वकप आयोजना गर्न दिनु मेरो गल्ती : फिफाका पूर्वअध्यक्ष ब्लाटर

201
VIEWS

विश्व फुटबल महासंघ –फिफा)का पूर्वअध्यक्ष सेप ब्लाटरले सन् कतारलाई २०२२ को विश्वकप फुटबलको आयोजना गर्न दिने निर्णयलाई गल्ती भएको स्वीकारेका छन्।

कतारलाई २०२२ को विश्वकप आयोजना गर्ने जिम्मा सन् २०१० मा दिइएको थियो। सोबेला ब्लाटर फिफाको अध्यक्ष थिए।

कतारले समलिङ्गीमाथि लगाएको प्रतिबन्ध, त्यहाँको मानवअधिकार हननको तथ्यांक र आप्रवासी कामदारमाथिको व्यवहारका कारण उसकाे आलोचना भइरहेको छ। स्विस नागरिक रहेका ब्लाटरले आफ्नै देशको सञ्चारमाध्यमसँग कुरा गर्दै विश्वकप आयोजना गर्ने कतारलाइ दिने निर्णयलाई गल्ती भएको बताएका हुन्।

विश्वकप फुटबलको ९२ वर्षको इतिहासमा पहिलो पटक मध्यपूर्वको कुनै देशमा विश्वकप आयोजना हुन लागेको हो। यसै नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप चल्नेछ।

ब्लाटरले १७ वर्ष फिफा अध्यक्षको रूपमा काम गरेका थिए। भ्रष्टाचारको आरा्प लागेपछि उनले २०१५ मा पद त्याग गर्न बाध्य भएका थिए। उनीमाथि युरोपेली फुटबल संघका पूर्वअध्यक्ष मिचेल प्लाटिनीलाई अवैध रूपमा २० लाख स्विस फ्र्यांक पठाएको आरोप लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित