Khabar Samachar

वैकल्पिक श्रोत खोजेर काठमाडौंमा खानेपानी संकट टार्छु : प्रकाशमान सिंह

206
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा वैकल्पिक श्रोत पहिचान गरी खानेपानीको समस्या समाधान गर्ने बताएका छन्।

सोमवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गरेका हुन्।

नेता सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरुले पानीको वैकल्पिक श्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए।

उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन्।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरु रहेकाले सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्ने बताए।

उनले गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुनेपनि बताएका छन्।

‘२ नम्बर क्षेत्रको विकास निर्माणमा तिब्रता ल्याउन साथ दिनसक्ने, तपाईको माझमा बस्न, भिज्न, बोलाएको समयमा आउने माननिय चाहिएको भए ओनसरी घर्तीलाई जिताउनुस् । यो निर्वाचन क्षेत्र विकास गर्न प्रशस्त ठाउँ छ’, उनले भने, ‘साँखु शहरको सभ्यता, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । राम्रो उम्मेदवार गठबन्धनले प्रश्तुत गरेको छ, सोचेको भन्दा बढी काम गर्नुहुन्छ। यो क्षेत्रमा पनि शुद्ध खानेपानीको समस्या छ। पानीको लागि हामीले अब काठमाडौंमा जित्नेहरुले वैकल्पिक पानीको श्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ । प्रविधि प्रयोग गरी पानी संकलन गरेर काठमाडौंभर पानी दिनसक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्रहरु अघि बढाउँछौँ।’

नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु शहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए। नेता सिंह सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित