Khabar Samachar

गोरखा–२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

216
VIEWS

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

 

अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अब्दुस सलाम मिया तेस्रो स्थानमा सीमित भएका छन्। उनले ७ हजार ३१२ मत प्राप्त गरेका हुन्।

गोरखाका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ।

निर्वाचन कार्यलयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित