गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन्।
त्यहाँ उनले २०७४ सालको नतिजा उल्ट्याउँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
सुरुदेखि नै एक अर्कालाई उछिन्दै आएका यी दुई नेताबीच अन्तिमा भण्डारीले बाजी मारेका हुन्।
विजयी भएका भण्डारीले पछिल्लो पटक ३२ हजार ५७३ मत ल्याएका छन्। पराजित ज्ञवालीले ३१ हजार ३९६ मत ल्याएका छन्।
ज्ञवालीले हार स्वीकार गर्दै मतगणनास्थलमै भण्डारीलाई बधाई दिएका छन्। उनले बधाई दिने क्रममा दुई दुई पटक बराबरी भयो भनेपछि हाँसोको माहोल बनेको छ।
Discussion about this post