Khabar Samachar

नेकपा एमालेकी भगवती चौधरी सुनसरी-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

209
VIEWS

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको सातौं संसद यात्रामा ‘ब्रेक’ लगाउँदै नेकपा एमालेकी भगवती चौधरी सुनसरी-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।

मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले गच्छदारलाई ५ हजार बढी मतान्तरले हराएकी हुन्।  अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

सुनसरी-३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी छन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियुमा २०४८ सालमा संगठित बनेकी भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि हुन्।

सुनसरीको दुहबी ३ की बासिन्दा उनले २०५१ सालमा ‘फरवार्ड एनजिओ’ स्थापना गरेर विभिन्न शैक्षिक तथा सामाजिक काममा हात हालेकी थिइन्। त्यही एनजिओलाई २०५९ मा लघुवित्तमा रूपान्तरण गरेकी उनले त्यही सालबाट सक्रिय राजनीतिमा पूरा समय दिन थालेकी थिइन्।

२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधान सभा प्रवेश गरेकी उनी एकपटक वन राज्यमन्त्री पनि भएकी थिइन्।

२०७० मा पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिष्पर्धामा ओर्लेकी  भगवती त्यसबेला गच्छदारसँगै झिनो अन्तरले पराजित बनेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित