Skip to main content

Khabar Samachar

Search
Close this search box.

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

204
VIEWS

दोलखामा रद्द भएका १० वटा मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ। गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अहिले मतदान कार्य सुरु भएको छ। ११ मंसिरमा बसेको निर्वाचन आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख, ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर- ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी १० वटा मतदान केन्द्रमा ४ मंसिरमा भएको निर्वाचनलाई रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित