Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीसँगको भेटमा सीके राउतले उठाए नागरिकताको विषय

212
VIEWS

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवाको सँगको भेटमा किसान आन्दोलनका माग र नागरिकताको विषय उठाएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र राउतबीच भेट भएको थियो । भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार दुई नेताबीच संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने विषयमा छलफल भएको छ । छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरुले पनि बताएका छन् ।

जनमत पार्टीका नेता बिपी साहका अनुसार भेटमा बधाई साटासाटका अलावा अध्यक्ष राउतले मुख्यत दुई विषय उठाएका छन् । पहिलो – नागरिकता । दोस्रो – किसान आन्दोलनको मागको सम्बोधन ।

‘नागरिकता विधेयक जुन राष्ट्रपतिकहाँ अड्किएको छ त्यसलाई तत्काल टुंगो लगाइनुपर्नेछ’ राउतले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उधृत गर्दै साहले भने । यसमा प्रधानमन्त्रीले आफूहरुको निरन्तर प्रयास जारी रहेको र नयाँ सरकार बनेपछि नागरिकता विधेयकको विषयलाई एउटा टुंगोमा पुर्‍याइने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित