Skip to main content

Khabar Samachar

Search
Close this search box.

कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी,आन्दोलनको नेतृत्व गर्दै राप्रपा नेतृ कुन्ती पोखरेल

223
VIEWS

काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् ।नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिँउदमा धुलो र बर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्मका बिरोध जारी राख्ने पोखरेलले बताइन् ।

उनले भनिन्–‘यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनु परेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउँनका लागि तालाबन्दी गरिएको हो ।’
चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित