Khabar Samachar

नेपाल ६ विकेटले विजयी

37
VIEWS

आशिफ शेखको अर्धशतक मद्दतमा नेपालले टी २० आई त्रिकोणात्मक सिरिजमा बुधबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सहज जित निकालेको हो।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन नसकेपनि आसिफले एक छेउबाट इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्‍याए । गत बैशाखमा टीयू मैदानमै भएको त्रिकोणात्मक टी२० श्रृंखलामा नेदरल्याण्ड्स विरुद्ध डेब्यूखेलमै अर्धशतक बनाएका आसिफको यो दोस्रो अर्धशतक हो ।

आसिफलाई सायद अजिजले क्याच आउट गराए ।नेपालका लागि दिलीप नाथले १५ रन बनाउँदा कुशल मल्लले २ रन बनाए ।

यसअघि नेपालले दोस्रो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई मलेसियाका पवनदीप सिंहले क्याच आउट गराए । चौथो ओभरको अन्तिम बलमा मलेसियाले दोस्रो सफलता हाल पार्‍यो । पवनदीपले रोहित कुमार पौड्यलले एलबीडब्लू आउट गराए ।

ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।

तर त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । मलेसिया विरुद्ध २१ रन बनाउँदै नेपालका लागि टी२० मा सर्वाधिक रन बनाउने पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका दीपेन्द्र १२औं ओभरमा आउट भए ।

दीपेन्द्रले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकसहित ८०३ रन बनाएका छन् । पूर्व कप्तान पारसले १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका थिए ।

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे ।

तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोडेको थियो ।

सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे । जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे । त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए । कप्तान अहमद फैजले २४ रन जोडे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे। अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट झारे। सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चे। ऐरिले ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए। करण केसीले ३ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट झारे।

नेपालका तिव्र गतिका बलर करण केसीले पहिलो ओभरको पहिलो बलमा नै मलेसियाका ओपनर विरनदिप सिंहलाई शुन्य रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए।

दोस्रो विकेटका लागि जुवैदी जुल्कीफ्ली र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। जुवैदी ३२ रनमा कुशल मल्लको बलमा बोल्डआउट भए। उनले १५ बलमा ३ चौका र २ छक्का हाने।

२४ रनको योगदान दिएका कप्तान फैज नेपालका कप्तान सन्दीप लामिछानेको बलमा क्याच आउट भए। ३८ बलमा ३ चौका हानेका फैज १२ औँ ओभरको दोस्रो बलमा लामो सट खेल्ने धुनमा क्याच आउट भए।

सायद अजिज १४ रनमा क्याच आउट भए। अजिज दिपेन्द्र सिंह ऐरिको बलमा सन्दीपको हातबाट क्याच आउट भए। मुहम्मद आमिर १६ रन बनाउँदा अविनास बोहोराको बलमा एलबीडब्लु धरापमा परे। सर्भिन मुनियान्डी ९ रनमा पवेलियन फर्के। उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीमाथि १५ रनको रोमाञ्चक जित निकालेको थियो। सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले बिहीबार पीएनजीसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित