Skip to main content

Khabar Samachar

Search
Close this search box.

तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा

209
VIEWS

पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । करण केसीको उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै जारी त्रिदेशीय टी-२० श्रृंखलामा नेपाल एक खेलअगावै फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको पीएनजीलाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको विजयी लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ६६ रनामा सिमित भयो ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनि करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।करणले अन्तिम ओभरको दवस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।

नेपालको जितमा करण केसी र अविनाश बोहराले उत्कृष्ट वलिङ प्रदर्शन गरे । करणले आजकै खेलमा पीएनजीका दुई ओपनरलाई आउट गराउँदै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । उनी टी-२० मा ५ विकेट लिने पहिलो नेपाली बलर हुन् । करणले अन्तिम ओभरमा ह्याट्रिक सहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अविनाशले चार ओभरमा ३४ रन खर्चेर दुई विकेट लिन सफल भए । सोमपाल कामीले दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

एक-एक रन जोडेर पीएनजीका ओपनर लेगा सिआका र कप्तान आसाद भाला आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका चाल्र्स अमिनिले उतकृष्ट अर्धसतकीय इनिङ खेल्दै पीएनजीको स्कोर मजबुत बनाएका थिए । उनले ४७ बल खेल्दै ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । टोनि उराले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन बनाए पभेलियन फर्किए ।

सेसे बाउ २५, नोर्मान भानुवा १७ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि, घरेलु मैदानमा आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेलीरहेको नेपालका लागि दिपेन्द्र सिंह एरीले उत्कृष्ट अर्धसतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान गरे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख दशौँ ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो ।

रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ३८ रनमा आउट भएका थिए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन जोडेर पभेलियन फर्किएका थिए ।

अदिल अलामले आफ्नो डेब्यु खेलमा लगातार तीन छक्का प्रहा गर्दै ११ बलमा ३१ रन जोडे । त्यसछि क्रिजमा आएका कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीका काबुवा मोएराले सर्वाधिक तीन विकेट लिए । हिकुरेले २ विकेट लिए भने, नोर्मान भानुवा र नोसाइना पोकानाले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित