Khabar Samachar

तेस्रो खेलमा पीएनजीलाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा

208
VIEWS

पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । करण केसीको उत्कृष्ट बलिङ प्रदर्शनमा पपुवा न्यूगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै जारी त्रिदेशीय टी-२० श्रृंखलामा नेपाल एक खेलअगावै फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको पीएनजीलाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको विजयी लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ६६ रनामा सिमित भयो ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र डेब्यु ब्वाए आदिल अन्सारी अनि करण केसीले ह्याट्रिक सहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।करणले अन्तिम ओभरको दवस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।

नेपालको जितमा करण केसी र अविनाश बोहराले उत्कृष्ट वलिङ प्रदर्शन गरे । करणले आजकै खेलमा पीएनजीका दुई ओपनरलाई आउट गराउँदै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । उनी टी-२० मा ५ विकेट लिने पहिलो नेपाली बलर हुन् । करणले अन्तिम ओभरमा ह्याट्रिक सहित ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । अविनाशले चार ओभरमा ३४ रन खर्चेर दुई विकेट लिन सफल भए । सोमपाल कामीले दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

एक-एक रन जोडेर पीएनजीका ओपनर लेगा सिआका र कप्तान आसाद भाला आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका चाल्र्स अमिनिले उतकृष्ट अर्धसतकीय इनिङ खेल्दै पीएनजीको स्कोर मजबुत बनाएका थिए । उनले ४७ बल खेल्दै ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । टोनि उराले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन बनाए पभेलियन फर्किए ।

सेसे बाउ २५, नोर्मान भानुवा १७ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि, घरेलु मैदानमा आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेलीरहेको नेपालका लागि दिपेन्द्र सिंह एरीले उत्कृष्ट अर्धसतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान गरे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख दशौँ ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो ।

रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ३८ रनमा आउट भएका थिए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन जोडेर पभेलियन फर्किएका थिए ।

अदिल अलामले आफ्नो डेब्यु खेलमा लगातार तीन छक्का प्रहा गर्दै ११ बलमा ३१ रन जोडे । त्यसछि क्रिजमा आएका कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीका काबुवा मोएराले सर्वाधिक तीन विकेट लिए । हिकुरेले २ विकेट लिए भने, नोर्मान भानुवा र नोसाइना पोकानाले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित