Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जाँदै

209
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहने भएका हुन्।

साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनेछन्।

शुक्रबार
भारतीय समय अनुशार दिउँसो २:५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण।

अपराह्न ४ः३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने।

शनिबार
बिहान १०:४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११:१० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुने।

मध्याह्न १२:१५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने। देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने।

अपराह्न १६:३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने।

आइतबार
बिहान ९ बजे वाराणसी पुग्ने। त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुने।

अपराह्न ४:०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किने।

अपराह्न ४:१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने।

देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित