Khabar Samachar

बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

202
VIEWS

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ।

प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित