Khabar Samachar

Search
Close this search box.

दीपेन्द्रको शानदार शतकमा मलेसियालाई नेपालले दियो विशाल २२४ को लक्ष्य

212
VIEWS

दीपेन्द्रसिंह ऐरीको शतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २२४ रनको बिसाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२३ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । ५७ बल खेलेका उनले १० चौका र ६ छक्काको सहयोगमा नट आउट ११० रन बनाए । दीपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो । नेपालका लागि रोहित कुमार पौड्यलले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे । रोहितलाई मोहमद आमिरले क्याच आउट गराए ।

रोहितको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । नेपालका आदिल अन्सारीले १४ रनको योगदान गरे । आदिल रन आउट भए । यसअघि ननेपालले आरिफ शेख चौथो विकेटको रूपमा पेवेलियन फर्किए । उनलाई सायजरुल इदुरुसले बोल्ड आउट गराएका थिए । तेस्रो ओभरको तेस्रो बलमा अफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई मलेसियाका मोहम्द वाफिकले १२ रनमा एलबीडब्लू आउट गराए ।

नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए । आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्त्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।

मलेसिया आजको खेलमा पराजित भए उपाधि होडबाट बाहिरिने छ भने पीएनजी नेट रन रेटको आधारमा फाइनलमा पुग्नेछ। मलेसियाले जित निकालेको अवस्थामा भने नेपाल र मलेसिया नै उपाधिका लागि सोमबार खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित