Khabar Samachar

मलेसियालाई ८५ रनले हराउदै नेपाल फाइनलमा

211
VIEWS

मलेसियालाई ८५ रनले हराउदै नेपालटि २० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ। युवा ब्याटर दिपेन्द्र सिहं ऐरिको किर्तिमानी प्रर्दशनमा पाहुना टोली मलेसिया घरेलु टोलीसँग पराजित भएसँगै पपुवा न्यु गिनी टि २० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ। टि २० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको छ।

नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल अगावै १ सय ३८ रनमा अलआउट भयो।

मलेसियालाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १९ रन खर्चे। कमल ऐरि, दिपेन्द्र सिंह ऐरिले समान २ विकेट झारे। कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट झारे।

मलेसियाका लागि ओपनर विरन दिप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए। कप्तान अहमल फैजले ३३ र सायद अजिजले १७ रन थपे। अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित