Khabar Samachar

११औं नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने

229
VIEWS

११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरे ।

नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिति रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो। सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो।

अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित