Skip to main content

Khabar Samachar

Search
Close this search box.

जसपाका रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

204
VIEWS

जनता समाजवादी पार्टीले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए । जसपा संसदीय दलको नेता समेत रहेका यादव बारा २ बाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवले तयारी गरेका छन् । जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् ।

अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित