Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत

204
VIEWS

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ।

शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए।

‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय प्रणाली थियो तर नक्साकिताबमा राख्नुपर्थ्यो। जसको लागि सेवाग्राही महानगर र वडा गुम्नुपर्ने अवस्था थियो। सोही काम गर्न दुई-तीन महिना लाग्ने गर्थ्यो भने अहिले बढीमा २५ दिनमा हुनेछ।’

यस्तै, विद्युतीय प्रणाली भए पनि ट्र्याकिङमात्र हुने सिस्टम पहिले रहेको उनले बताए। जसका कारण हरेक कार्यालयमा गएर काम गर्नुपर्ने झन्झट भएको उनी बताउँछन्।

‘यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने छ,’ उनले भने, ‘त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ।’

पाँच हजार वर्ग फिटसम्मको नक्सा पास वडाबाटै हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित