Khabar Samachar

Search
Close this search box.

मंगलबारसम्म रहनेछ काठमाडौँको तुवाँलो

226
VIEWS

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा लागिरहेको तुवाँलो आगामी दुई दिनसम्म हट्ने सम्भावना नदेखिएको जनाएको छ।महाशाखाले लामो समयदेखि पानी नपरेका कारण डढेलो बढ्न सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र लुम्बिनीका तराई जिल्लामा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित