Khabar Samachar

Search
Close this search box.

जनमतले गर्‍यो अनिता साहलाई मन्त्री बनाउन सिफारिस

205
VIEWS

जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए। राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो।

सरकारलाई समर्थन गरेपनी जनमतबाट मन्त्री बनेका थिएनन्।

चैत १७ गते काङ्ग्रेस सहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए।

त्यसबेला उनी खानेपानी मन्त्री थिए।

बजेटप्रती रुष्ट जनमतलाइ सरकारमा आउन प्रचण्डले आग्रह गरेका थिए। राउतले मन्त्रालय भने टुंगो नलागेको बताए।

‘अनिता देवीजीको नाम मन्त्रीका लागि सिफारिस गरेका छौँ, मन्त्रालय व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई दिएको छु,’ राउतले  भने।

उनले मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरेको पनि बताए। जनमतले कृषि र उद्योग मन्त्रालय दाबी गरेको छ।

खानेपानी मन्त्रालय नलिने अडान कायमै छ। यस्तोमा माओवादीकै भागमा रहेको कुनै मन्त्रालय दिने प्रधानमन्त्रीको योजना छ।

यद्यपि यसबारे प्रधानमन्त्रीले केही खुलाएका छैनन्। जनमतका प्रतिनिधि सभामा ६ सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित