Skip to main content

Khabar Samachar

Search
Close this search box.

नगर प्रहरी पठाएर हलहरुमा हिन्दी फिल्म रोक्ने बालेनको तयारी

213
VIEWS

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।

महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन । काठमाडौंका हलहरुले भारतीय चलचित्रको प्रदर्शन जारी राखेमा हस्तक्षेप गर्ने महानगरको तयारी छ । बालेनले नगरप्रहरीलाई भोलि बिहानैबाट हलहरुमा परिचालन गर्ने योजना बनाएका छन् ।

स्रोतले भन्यो, ‘महानगरको एक्सनमा सरकारले सहयोग र समन्वय गर्ने सम्भावना कम छ । महानगरसँग भएको सुरक्षा निकाय भनेको नगर प्रहरी हो । त्यसलाई नै परिचालन गरेर हिन्दी फिल्म बन्द गराउने छौं ।’

बालेनले आदिपुरुषको विवादित संवाद हटाउन चलचित्र निर्मातासँग पहल गर्नका निम्ति सञ्चार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । तर, सञ्चार मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन भने भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन । त्यसैले बालेनले आफ्नै तर्फबाट एक्सन लिने तयारी गरेका हुन् ।

संवाद सच्याउनुका साटो सो चलचित्रका लेखकले आजतकमा अन्तरवार्ता दिँदै नेपाल पहिले भारतकै एउटा हिस्सा रहेको विवादित अभिव्यक्ति दिए । उनले चलचित्रमा आफ्नो तर्फबाट भएको कमजोरी स्वीकार गरेका छैनन् ।

अन्तरवार्तामा उनले भनेका छन्, ‘भारत र नेपाल अलग देश हुन् तर अलग राष्ट्र होइनन् । नेपाल १९०३ सम्म भारतकै हिस्सा थियो । भारतबाट जानकी भारतकै छोरी हुन् ।’

नेपालको सेन्सर बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो । अहिले काठमाडौं लगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ । तर, पौराणिक कथालाई यो चलचित्रले विद्रुप बनाएको भनेर भारतदेखि नेपालसम्म आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित