Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्यो उपाधि

217
VIEWS

सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।काठमाडौं । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

Esewa Money Transfer
Agni Group
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन रक्षा गर्नुपर्ने थियो । अन्तिम ओभरका लागि कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेलाई बलिङको जिम्मा सुम्पिएका थिए ।काठमाडौं । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

Esewa Money Transfer
Agni Group
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन रक्षा गर्नुपर्ने थियो । अन्तिम ओभरका लागि कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेलाई बलिङको जिम्मा सुम्पिएका थिए ।

Global Ime bank
अन्तिम ओभरको पहिलो बलमा सन्दीपले एक रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ओमानका आयान खानलाई रोहितबाट क्याच गराए । तेस्रो बलमा सन्दीपले साकिल अहमेदलाई अभिनाश बोहराबाट क्याच गराए ।

चौथो बलमा ओमानले एक रन लियो । पाँचौँ बल चौका हुँदा ओमानलाई अन्तिम बलमा जितका लागि दुई रनको आवश्यकता थियो । तर, अन्तिम बलमा ओमानले दुई रनको प्रयास गरे पनि दोस्रो रनका क्रममा पायाज बट रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

ओमानका ओपनर कश्यप प्रजापतिले ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अकिब इल्यासले ३३, कप्तान जिसान मक्सुदले २६, मोहम्मद नदिमले २४ रन जोडे । यस्तै, आयान खान र मेहरन खानले समान १० रन थपे ।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, अभिनाश बोहरा, विवेक यादव र गुल्सन झाले एक–एक विकेट लिए ।

त्यसअघि, नेपाली टिमको स्कोरबोर्डमा गुल्सनकुमार झाले ५४ रन जोडे । आक्रामक रुपमा प्रस्तुत भएका गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।

यस्तै, कप्तान रोहितले ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पाँचौँ अर्धशतक हो ।

१० ओभरको समाप्तीमा ६०–४ को कठिन अवस्था रहँदा यी दुईले पाँचौँ विकेटका लागि ४२ बलमा ७८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । ११ ओभरमा ६१ रन जोडेको नेपालले पछिको नौ ओभरमा १२३ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ३१ रन थपे । अन्त्यमा करण केसीले ६ बलमा एक चौका र दुई छक्कासहित २० रन जोडे ।

ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।

छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । फाइनल प्रवेशका क्रममा नेपालले सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमानले बहराइनलाई हराएको थियो ।

कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित