Khabar Samachar

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको बाँडफाँट

217
VIEWS

सत्ता गठबन्धनको बैठक महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ।

सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिनेछ। त्यस्तै, वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।

सहमतिअनुसार काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख पद पाएको छ भने वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुखमा उम्मेदवारी दिने भएको छ।

यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा पनि कांग्रेसका उम्मेदवारलाई गठबन्धनले सघाउने सहमति जुटेको छ।

उपमहानगरमध्ये जितपुर सिमरा, घोराही र हेटौडामा पनि गठबन्धनले कांग्रेसले अघि सार्ने उपप्रमुखलाई सघाउने भएको छन्।

गठबन्धनबीच नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरसँगै जितपुर सिमरा, घोराही उपमहानगरमा प्रमुख दिने समझदारी जुटेको छ। सहमतिअनुसार माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा उम्मेदवार उठाउने छ।

नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पोखरा महानगरको प्रमुखमा सघाउने भएका छन्। एकीकृत समाजवादीले काठमाडौँ महानगर र हेटौडा उपमहानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ।

गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व दिएको छ। जसपाले जनकपुर उपमहानगरमा प्रमुख र कलैया तथा नेपालगञ्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवार दिने छ।

शीर्ष नेताहरूद्वारा हस्ताक्षरित सहमति पत्रमा पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन दिइएको छ।

सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी गठबन्धनबीच भएको सहमति पत्रमा उल्लेख छ।

महानगरपालिका
काठमाडौं: प्रमुख- कांग्रेस / उपप्रमुख- एकीकृत समाजावादी
ललितपुरः प्रमुख- कांग्रेस / उपप्रमुख- माओवादी केन्द्र
भरतपुरः प्रमुख- माओवादी केन्द्र / उपप्रमुख- कांग्रेस
पोखराः प्रमुख- एकीकृत समाजवादी / उपप्रमुख- कांग्रेस
वीरगंजः प्रमुख- जसपा / उपप्रमुख- कांग्रेस
विराटनगरः प्रमुख- कांग्रेस / उपप्रमुख- जसपा

उपमहानगरपालिका
इटहरीः प्रमुख- कांग्रेस / उपप्रमुख- एकीकृत समाजवादी
धरानः प्रमुख- कांग्रेस / उपप्रमुख- माओवादी केन्द्र
जनकपुरः प्रमुख- जसपा / उपप्रमुख- कांग्रेस (सहमति पत्रमा उल्लेख नभएको)
कलैयाः प्रमुख- कांग्रेस / उपप्रमुख- जसपा
जितपुर सिमराः प्रमुख- माओवादी केन्द्र / उपप्रमुख- कांग्रेस
हेटौँडाः प्रमुख- एकीकृत समाजवादी / उपप्रमुख- कांग्रेस
बुटवलः प्रमुख- कांग्रेस / उपप्रमुख- एकीकृत समाजवादी
तुलसीपुरः प्रमुख- कांग्रेस / उपप्रमुख- एकीकृत समाजवादी
घोराहीः प्रमुख- माओवादी केन्द्र / उपप्रमुख- कांग्रेस
नेपालगंजः प्रमुख- कांग्रेस / उपप्रमुख- जसपा
धनगढीः प्रमुख- कांग्रेस / उपप्रमुख- माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित