Skip to main content

Khabar Samachar

Search
Close this search box.

उदयपुरमा बोलेरो दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु, ७ घाइते

203
VIEWS

धरानबाट भोजपुरका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुर प्रहरीका अनुसार को १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका-७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटनामा परेको हो । बिहीबार बिहान करिब साढे १० बजेतिर को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना गम्भीर घाइते छन्।

दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा जिपबाट उछिट्टिएका पाँच जना जति घाइतेहरूलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि लगिएको छ। जिपमा एउटै घरका चार जनासहित १४ जना यात्रु रहेको खुलेको छ।

उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले घाइते सात जनाको उद्धार गरेर अस्पताल पठाएको बताए।

‘घाइते सात जनाको उद्धार गरेर हामीले अस्पताल पठाएका छौं। उद्धार चाहिँ सकिएको छ। बोलेरो जीपले थिचेका, च्यापिएका शवहरू निकाल्ने प्रयास गरिरहेका छौं। शव संकलन गरिरहेका छौं,’ उनले भने।

उनका अनुसार दुर्घटना वेलका-७ मा रहेको घटनास्थल भोजपुर र उदयपुरको सीमा क्षेत्रको विकट ठाउँमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित