Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

204
VIEWS

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, अहिलेसम्म कुरा मिल्न सकेन।

सरकार समिति गठन गर्ने पक्षमा छैन। कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित