Skip to main content

Khabar Samachar

Search
Close this search box.

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

221
VIEWS

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो।

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७२ रुपैयाँ ५० पैसाबाट १ सय ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७४ रुपैयाँ ५० पैसाबाट १ सय ७७ रुपैयाँ कायम भएको छ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँबाट १ सय ७८ रुपैयाँ पुगेको छ।

यसैगरी डिजेल र मट्टीतेल एक लिटरको मूल्य क्रमशः १ सय ५८, १ सय ६० र १ सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित