Khabar Samachar

काठमाडाै मेडिकल अस्पताल सिनामंगलमा धर्ना तथा बिरोध कार्यक्रम निरन्तर

311
VIEWS

काठमाडाै मेडिकल अस्पताल सिनामंगलमा कार्यरत डाक्टर अमित थापा र काठमाण्डौ मेडिकल कलेज प्रशासनको लापरबाहीबाट ओम नगर सिनामंगल-९ निवासी स्थानीय ४८ बर्षका शैलेन्द्र बिध्याधरको अनाहकमा ज्यान गएको बिषयमा भएको धर्ना तथा बिरोध कार्यक्रम निरन्तर रहेको छ । स्थानीय ४८ बर्षका शैलेन्द्र बिध्याधरको अनाहकमा ज्यान गएको बिषयमा अस्पताल प्रसासन र पिडित पक्ष  बिच हालसम्म कुनै बार्ता नभएको र अस्पताल पक्ष ले बेवास्था गरेकोमा आफन्तहरु बताउछन ।

अस्पतालमा २०७९-६-२७ गते सिनामंगल निवासी (स्थानीय)शैलेन्द्र बिध्याधर बेहोस भएपछि असोज २३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । इमर्जेन्सीमा राखिएका बिरामीलाई दुई घण्टापछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भन्दै सारेको आसीयुमा सारेको थियो । अप्रेशन गर्दा ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेको कारण मृत्यु भएको थियो । परिवारको एकमात्र साहारा गुमाउन पुगेका उनका श्रीमती र दुईजना लालाबालाको बिचल्ली हुन पुगि पीडित परिवार मृतकको काजकिरिया गर्नबाट बन्चित भैइ न्यायको लागि सडकमा आएको  बताउछन । अस्पताल प्रशासनले स्थानीयसङ मानवीय व्यवहार समेत नगरी गैरजिम्मेवार पन देखाएको छ । स्थानिय टोलबासी पिडितको न्याय प्राप्तीको लागि एकबद्दता, दबाब र धर्नामा सहभागीता भएका छन । हस्पिटल प्रसासनले क्षतिपुर्ती बापत दिएको भन्दा बडी रकम माग भयो भनेर अपबाह फैलाएको पीडित पक्ष बताउछन । सो धर्ना तथा बिरोध कार्यक्रममा स्थानिय टोलबासी ,सामाजिक संघ सस्था , नागरिक समाज तथा राजनीतिक दलहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित