Skip to main content

Khabar Samachar

Search
Close this search box.

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत

200
VIEWS

सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए । बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित