Khabar Samachar

Search
Close this search box.

कान्तिपुर हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइ लाई

221
VIEWS

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । दीपक कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले आफ्नो उपाधि जोगाएकी हुन् । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा दीपकले १ घन्टा ७ मिनेट १५ सेकेन्डको समय निकाल्दै गत वर्षको विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारे । आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डका साथ दोस्रो भए ।

‘रन टु इन्स्पायर द यङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डल हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

शीर्ष ६ स्थानमा आर्मीका चार खेलाडी रहे । एपीएफका गोपीचन्द्र पार्की १ घन्टा ८ मिनेट १४ सेकेन्डका साथ तेस्रो, आर्मीका सुशील शाही १ घन्टा ८ मिनेट ४८ सेकेन्डका साथ चौथो, किरणसिंह बोगटी १ घन्टा १० मिनेट १८ सेकेन्डका साथ पाँचौं र गजेन्द्र राई १ घन्टा १५ मिनेट ४३ सेकेन्डका साथ छैटौं भए ।

२०६७ सालदेखि आयोजना हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही १ लाख पाउनेछन् । त्यस्तै दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित