Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले गरे पार्टी परित्याग गरेको घोषणा

228
VIEWS

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन्।

अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्।

पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले आफ्नो पुरानै पार्टी राप्रपा नेपाल पुनःगठन गरेका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित