Khabar Samachar

Search
Close this search box.

हार्वर्ड विश्वविद्यालयलाई दिदै आएको २ अर्ब डलरको आर्थिक सहयोग रोकियो

201
VIEWS

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई २ अर्ब डलरभन्दा बढीको संघीय कोष रोकेको बताएको छ।

बीबीसीमा प्रकाशित खबरअनुसार प्रतिष्ठित कलेजले ह्वाइट हाउसका मागको सूची अस्वीकार गरेपछि यो कुरा आएको हो।

अमेरिकी शिक्षा विभागले विज्ञप्तिमा भनेको छ, ‘हार्वर्डको भनाइले हाम्रो राष्ट्रका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजमा चिन्ताजनक रूपमा व्याप्त अधिनायकवादी मानसिकता प्रतिबिम्बित गर्दछ।’

यसअघि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो।

विश्वविद्यालय क्याम्पसहरूमा यहुदीविरोधी भावनाविरुद्ध लड्न यी माग तयार पारिएको बताइएको छ। जसमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तनका कुरा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित