Skip to main content

Khabar Samachar

Search
Close this search box.

नारायणगढ–मुग्लिन सडकमा पहिरोले खस्दा यातायात ठप्प

204
VIEWS

नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक तुइन खोलामा पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार रातभर सडक ठप्प रहयो । सो ठाउँमा बिहीबार दिउँसो १ बजेतिर पहिरो गएपछि बाटो बन्द भएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पहिरो खस्न अझै रोकिएको छैन । पहिरोका कारणले आज पनि बाटो रोकिने अवस्था छ ।

भरतपुरको डिभिजन सडक कार्यालयका दुईवटा डोजर पहिरो गएकै ठाउँमा छन् । तर डाँडाको माथिबाट ठुला ढुंगाहरू खसेर सडकमा बजारिने गरेका कारणले खसेको पहिरो खासै ठूलो नभए पनि सफा गर्न गाह्रो हुने गरेको छ ।

सो ठाउँमा हिजो बिहान नौ बजेतिर पहिरो असेर एक घन्टाजति बाटो थुनिएको थियो । तर दिउँसो १ बजेरर ५ मिनेट जाँदा आएको पहिरोले बाटो ठप्पै भएको हो । बाटो अवरूद्ध हुँदा काठमाडौं पोखरा आउजाउ गर्ने सयौं गाडीहरू बाटोमै छन् । वर्षायाम सुरू भएसँग यो सडकमा हरेक वर्ष पहिरोले सास्ती दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित