Skip to main content

Khabar Samachar

Search
Close this search box.

रुसविरुद्ध थप प्रतिबन्ध – ट्रम्प

204
VIEWS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा पागल भइसकेको पनि उनले भने । रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको उनले बताएका छन् ।

रूसले युक्रेनको राजधानी किभ र त्यस आसपास लगातार हवाइ हमला गरेपछि ट्रम्पले पुटिनलाई रूसको पतन निम्त्याउने काम नगर्नू भनेर चेतावनी दिएका हुन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै युक्रेन चाहन्छन् भनेर आफूले पहिल्यै बोलिसकेको पनि बताए।

‘मलाई लाग्छ त्यो प्रमाणित हुँदै गएको छ,’ ट्रम्पले लेखेका छन्, ‘पुटिनले त्यसो गर्नु रूसको पतन निम्त्याउनु हो।’

ट्रम्पले पुटिन आफ्नो राम्रो सम्बन्ध भएको पनि बताएका छन्।

‘तर पछिल्लो समय उनी पागल भएका छन्। अनावश्यक रूपमा मानिसहरू मारिरेहका छन्। मिसाइल र ड्रोनहरू युक्रेनको सहरहरूमा प्रहार गरिरहेका छन्,’ ट्रम्पले भनेका छन्।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित