दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार उनकै सरकारी निवासमा आक्रमण भएको छ।
साप्ताहिक जनसुनुवाइ कार्यक्रम चलिरहेका बेला एक व्यक्तिले उनीमाथि हातपातको प्रयास गरेका हुन्।
सुरक्षाकर्मीले आक्रमणकारीलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार, बुधबार बिहान मुख्यमन्त्री गुप्ताले आफ्नो निवासमा सर्वसाधरणको गुनासो सुन्नका लागि नियमित ‘जनसुनुवाइ’ कार्यक्रम राखेकी थिइन्।
सर्वसाधरणको गुनासो सुनिरहेकै क्रममा एक व्यक्तिले मुख्यमन्त्री गुप्तालाई थप्पड हानेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।





























Discussion about this post