Skip to main content

Khabar Samachar

Search
Close this search box.

संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने

202
VIEWS

मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा गठन भएको चार महिना पूरा नहुँदै विवादमा फसेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो । मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन उद्देश्यले एकजुट भएका मधेशकेन्द्रित दल आफू अनुकूल स्वार्थमा केन्द्रित हुँदा विवादमा परेको हो।

जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी मोर्चा चैत २१ गते घोषणा भएको थियो।

कात्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही ३ मा नाउपाको उम्मेदवारलाई सघाउन मोर्चाले निर्णय गरेपछि जनमत पार्टीले असन्तुस्टी जनाएको  हो। यो निर्णयमा जनमतबाहेक अन्य ६ दल सहमति छन्। मोर्चामा सुरुआतदेखि नै जनमतले आफ्नो दाबी कायम राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित