Skip to main content

Khabar Samachar

Search
Close this search box.

अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउँदै

204
VIEWS

भारतको अयोध्याबाट सुरु भएको ‘रामराज्य रथ यात्रा’ आज जनकपुरधाम आउने भएको छ । अक्टुबर ५ तारिखमा अयोध्याबाट ‘रामराज्य रथ यात्रा’ सुरु भएको थियो । श्री शक्ति शान्तानन्द महर्षीको नेतृत्वमा सुरु भएको उक्त यात्रा गोरखपुर, गोरखगञ्ज र सितामढी हुँदै आज जनकपुरधाम आउन लागेको हो ।

दिउँसो ३ बजे जनकपुरधाम आउन लागेको ‘रामराज्य रथ यात्रा’मा सहभागीलाई मेयर मनोज साहले भव्य स्वागत गर्ने तयारी गरेका छन् । उनले यात्रामा सहभागीको स्वागतका लागि नगरबासीसँग अनुरोध समेत गरेका हुन् ।

उक्त यात्रामा ४० जना साधुसन्त तथा महन्थ सहभागी छन् । जनकपुरबाट यात्रा काठमाडौं समेत पुग्नेछ । त्यसपछि पोखरा, बुटबल, नेपालगञ्ज र टिकापुर हुँदै पुनः भारत पस्नेछ । भारतको विभिन्न राज्यको यात्रा पश्चात पुनः अयोध्या पुगेर समापन हुनेछ ।

६० दिनसम्म अर्थात् ३ दिसम्बरसम्म चल्ने उक्त यात्राले २७ राज्यका १५ हजार किलोमिटर दुरी तय गर्ने बताइएको छ । रामराज्यका स्थापना गर्नु यात्राको मुख्य उदेश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित