Khabar Samachar

कीर्तिपुरको सडकमा एक्कासी चितुवा

201
VIEWS

कीर्तिपुरमा चितुवाका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

बिहीबार राति करिब ९ बजे त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानअगाडि मोटरसाइकल दुर्घटनामा परेको हो।

चितुवाले बाटो काट्दै गरेको देखेपछि मोटरसाइकलले ब्रेक समात्दा लडेर चालक घाइते भएका हुन्।

प्रहरी वृत्त कीर्तिपुरका डिएसपी पुरूषोत्तम पाण्डेका अनुसार बाटोमा एक्कासी चितुवा आउँदा मोटरसाइकको ब्रेक लगाउँदा लडेर दुर्घटनामा भएको हो।

दुर्घटनामा घाइते भएका चालक निशान्त चौधरी खतरामुक्त छन्।

‘चितुवासँगै ठोक्किनचाहिँ पाएन। एक्कासी सडकमा चितुवा आयो, मोटरसाइकलले झ्याप्प ब्रेक समात्दा लडेको देखिन्छ,’ उनले भने।

उनी कामबाट कीर्तिपुर-३ समलस्थित डेरामा फर्किरहेको थिए।

घाइते निशान्तको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको डिएसपी पाण्डेले बताए।

उनका अनुसार हरेक वर्ष यही सिजनमा त्रिवि क्षेत्रका खुल्ला जंगलमा चितुवा देखा पर्ने गरेको छ।

आहाराको खोजीमा निस्कने चितुवा बागवानी-आयुर्वेद अस्पताल-क्रिकेट ग्राउण्ड-त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित